बिहिबारदेखि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता, ३ हजार २ सय २३ जनाको सहभागिता
कुन जिल्लाबाट कति खेलाडी ?
पाेखरा | भदौ १५, २०७९
तस्बिर : सुदर्शन रञ्जित
कास्की: ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता भोली (बिहिबार) देखि सुरु हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै छनोट चरणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले पोखरामा १६ देखि १८ गतेसम्म गण्डकी प्रदेशको छनोट चरणको प्रतियोगिता हुने बताए । उनका अनुसार सो प्रतियोगितामा गण्डकी प्रदेशको ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउनेछन् ।
तर नवौं राष्ट्रिय खेलकुदका लागि भने गण्डकी प्रदेशबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ७ सय ९ खेलाडी छनोट हुनेछन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत अन्य स्थानमा हुने प्रतियोगितामा ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ महिला गरि ६ सय ९ जना खेलाडीले गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने सदस्य सचिव गुरुङले बताए ।
उनले उक्त गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने बताउदै हरेक जिल्लाले प्राप्त गरेको पदकका आधारमा प्रथम, द्वित्तिय र तृतीय घोषणा गरि च्याम्पियन ट्रफी प्रदान गरिने जानकारी दिए ।
कुन जिल्लाबाट कति खेलाडी ?
गण्डकी प्रदेशस्तरीय छनोट चरणको प्रतियोगितामा ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउदैछन् ।
सो मध्ये सबैभन्दा बढी कास्कीबाट सहभागिता जनाउने प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले जनाएको छ ।
परिषदको तथ्याङ्क अनुसार कास्कीबाट ३५ खेलका लागि ६ सय ७३ जना, नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना, त्यसैगरि स्याङ्जाबाट २३ खेलमा ३ सय ४७ जना, बागलुङमा १९ खेलमा ३ सय ६१, तनहुँबबट १७ खेलमा ३ सय ३ जना, गोरखाबाट १६ खेलमा २ सय ३० जना, म्याग्दीबाट १५ खेलमा २ सय ८३ जना, पर्वतबाट १४ खेलमा २ सय २३ जना, मुस्ताङबाट १३ खेलमा १ सय ६६ जना, लम्जुङबाट १२ खेलमा २ सय १३ जना र मनाङबाट ५ खेलमा ४६ जना गरि कुल ३ हजार २ सय २३ जनाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

